Latest News
- कमलापुरी वैश्य सामाज नेपाल, काठमाडौ उपत्यका कार्य समिती द्वारा आयोजित “परिचयात्मक बनभोज कार्यक्रम २०८२” मा हाम्रो निमन्त्रणा स्वीकार गरि स-परिवार आई यस कार्यक्रमको शोभा बढाई भब्यको साथ सम्पन्न गराइदिनु भएकोमा हामी धेरैनै हर्शित भएका छौ । भबिश्यमा यस्तै साथ र सद्भावको अपेक्षा राख्दै आज उपस्तिथि हुने र विभिन्न कारण वस चाहेर पनि उपस्थित हुन नसक्नुभएका सम्पुर्ण कमलापुरी बन्धुमा धन्यवाद दिन चाहन्छौ
- कमालापुरी वैश्य बन्धुहरुको जातिय गणनाको निम्ति यसै वेबसाइटमा रहेको Survey Form कोमाध्यमबाट आ-आफ्नो पारिवारिक बिबरण भरी स्वजातीय गणनामा सहयोग गरिदिनुहुन अनुरोध छ।
- नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र कलेण्डर बिमोचन कार्यक्रममा हाम्रो निमंत्रनालाइ स्वीकार गरि आफ्नो ब्यस्त समयको बाबजुद पनि कार्यक्रममा पाल्नुभएका सम्पूर्ण महानुभावहरुलाई धन्यबाद !! कमलापुरी वैश्य समाज नेपाल, काठमान्डौ उपत्यका समिति
WELCOME TO
Kamalapuri Vaishya Samaj, Nepal
कमलापुरी एक भारतीय उपनाम हो। उनी वैश्य समुदायका हुन् । कमलापुरी वैश्य मूलतः कमलापुर, कश्मीरका निवासी हुन्। उनीहरुका पुर्खाहरु व्यापारका लागि नेपालको तराईमा आउने गर्दथे । तिनीहरूको रानी कमलावती थियो, राज्य धनले भरिएको थियो, कमलापुरी वैश्यको गोत्र कश्यप हो। कमलापुर सहरलाई चिनियाँ यात्री ह्युएन त्साङले आफ्नो पुस्तकमा वर्णन गरेका छन् तर पछि मुस्लिम आक्रमणकारीहरूले राज्य विघटन गरे। सुरक्षाको लागि त्यहाँ बसोबास गर्नेहरू व्यापार गर्थे, फलस्वरूप आज भारतभर फैलिए र नेपालमा काठमाडौं, मधेश प्रदेश लगायत अधिकांस जिल्लाहरुमा बसोबास गरेको पाइन्छ। यस समुदायले कमलापुरी, गुप्ता,साह, शाह, कमल आदि थर प्रयोग गर्दछ।